काठमाडौँ— देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पश्चिम क्षेत्रमा औसत स्थानको आसपास तथा पूर्वमा औसतभन्दा केही उत्तरतर्फ छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनीलगायतका पहाडी क्षेत्रमा धेरै स्थानहरूमा र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनासमेत रहेको छ।
आज राति लुम्बिनी प्रदेशलगायतका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराईका बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। यस्तै, लुम्बिनी प्रदेशसहित देशका केही पहाडी तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


