Sunday, November 8, 2026
Homeसामाचारदेशभर बदली र वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा र हिमपातको चेतावनी

देशभर बदली र वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ, असार २५— हाल देशभर मनसुन सक्रिय रहँदा अधिकांश भागमा मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

वाग्मती, गण्डकी, लुम्बिनी लगायतका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र गेग्रान (ढुंगामाटोको बहाव) को जोखिम बढ्न सक्ने जनाउँदै, विशेष गरी तराई तथा शहरी क्षेत्रमा डुबानको सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ। साथै नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायातमा असर पुग्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारीका लागि आग्रह गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका