Thursday, May 14, 2026
Homeसामाचारदेशभर बदली, मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना

देशभर बदली, मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूको प्रभावका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ। साथै, दक्षिणतर्फ पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव देखिएको छ।

यसका कारण सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी र कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा हिमाली क्षेत्रहरूमा सामान्य बदली रहेको छ। अन्य पहाडी तथा तराई क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका