Sunday, November 8, 2026
Homeसामाचारदेशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

काठमाडौँ, २२ असोज — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सातै प्रदेशका सम्बन्धित निकायहरूलाई प्रारम्भिक क्षति विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार बाढीले प्रभावित क्षेत्रका कृषि वस्तुको प्रकार र परिमाण, पशुपन्छीको नोक्सानी, गोठ तथा व्यावसायिक फार्ममा भएको क्षति, साथै प्रभावित किसानको अवस्थाबारे विस्तृत विवरण संकलन गरिनेछ। यसका लागि मन्त्रालय मातहतका सबै प्रदेशीय कृषि कार्यालयहरूले स्थानीय तहसँगको समन्वयमा तथ्याङ्क संकलन गर्ने तयारी गरेका छन्।

जोशीका अनुसार संकलित तथ्याङ्कका आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग तथा सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयले बाली तथा पशुधन बीमा गरेका किसानहरूको सहजीकरण गर्दै मल, बिउ–विजन, प्रविधि, प्राविधिक सिपलगायतका क्षेत्रमा सहयोग पुर्‍याउने र आवश्यक स्थानमा क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।

क्षतिको विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता अपनाउने, जोखिम न्यूनीकरणका उपाय अध्ययन गर्ने र त्यसअनुसार दीर्घकालीन योजना निर्माण एवं कार्यान्वयन गरिने मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका