Saturday, November 7, 2026
Homeसामाचारदेशभर उल्लेखनीय मौसम प्रणाली छैन, तराईमा हुस्सु–तुवाँलोको सम्भावना

देशभर उल्लेखनीय मौसम प्रणाली छैन, तराईमा हुस्सु–तुवाँलोको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। महाशाखाका अनुसार तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यसैगरी, आज राति पनि तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका