Sunday, November 8, 2026
Homeसामाचारदेशभर आंशिक बदली, केही पहाडी भू–भागमा वर्षाको सम्भावना

देशभर आंशिक बदली, केही पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौँ, ११ असोज – हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति कोशी प्रदेशलगायतका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। यस्तै, कोशी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका