Friday, January 17, 2025
Homeसामाचारदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरोको प्रभाव

देशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरोको प्रभाव

काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण देशका केही क्षेत्रहरूमा मौसम परिवर्तन भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसमको अपेक्षा गरिएको छ।

बिहानको समयमा देशका तराई क्षेत्र र उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्न सक्नेछ। यसले जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले दैनिक गतिविधिमा असर हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ। खासगरी, यातायात र हवाई यात्रा गर्नेहरूले समयमै तयारी गर्न सुझाव दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका