काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। केही स्थानमा भने आंशिक बदलीको स्थिति देखिन सक्छ।


