Tuesday, May 20, 2025
Homeसामाचारदेशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौ: हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतः सफा रहने अनुमान गरिएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सफा रहने अपेक्षा गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भागहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका