Saturday, April 18, 2026
Homeअपराध र घटनादुर्घटनामा दर्शनार्थी महिलाको मृत्यु

दुर्घटनामा दर्शनार्थी महिलाको मृत्यु

राजविराज : सुनसरीको चतराबाट दर्शन गरी फर्कंदै गरेकी बारा जिल्लाकी एक महिलाको सप्तरीमा ट्याङ्करको ठक्करले मृत्यु भएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

घाइते गिरीलाई उपचारको लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पुर्‍याएकोमा चिकित्सकले  मृत घोषणा गरेको डिएसपी माधवप्रसाद काफ्लेले बताए।

चतराबाट दर्शन गरी फर्कंदै गरेको ना. ४ ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना. ४ ख २४४१ नम्बरको ट्याङ्करले गिरीलाई ठक्कर दिएको थियो। डिएसपी काफ्लेका अनुसार खाजा खानको लागि रोकेको बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको हो।

ठक्कर दिने ट्याङ्कर र ट्याङ्कर चालक मोरङ्गको विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मंडललाई रुपनी प्रहरीले नियन्त्रणमा लिएको छ। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका