Saturday, May 2, 2026
Homeकला/साहित्य‘दुरा जातिका लोककथाहरू’ प्रकाशित

‘दुरा जातिका लोककथाहरू’ प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘दुरा जातिका लोककथाहरू’ नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (मातृभाषा) विभागको अनुसन्धान परियोजनाअन्तर्गत दुरा भाषाविज्ञ मुक्तिनाथ घिमिरेको सङ्कलन तथा लेखनमा नेपालका अल्पसङ्ख्यक दुरा जातिमा प्रचलित लोककथाहरूको सङ्ग्रह ‘दुरा जातिका लोककथाहरू’ प्रकाशित भएको हो ।

पुस्तकमा दुरा जातिको परिचयका साथै उक्त जातिमा प्रचलित ३२ ओटा लोककथा समाविष्ट रहेका छन् । ९६ पृष्ठको पुस्तकको मूल्य १३० रुपैंया रहेको छ । साहित्य (मातृभाषा) विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीका अनुसार इन्द्र चौधरीको सङ्कलन तथा लेखनमा ‘रानाथारू जातिका लोककथाहरू’ प्रकाशोन्मुख रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका