Friday, April 17, 2026
Homeमनोरन्जनदिलिप कुमार अक्सिजन सपोर्टमा, स्वास्थ्य अवस्था स्थिर

दिलिप कुमार अक्सिजन सपोर्टमा, स्वास्थ्य अवस्था स्थिर

स्वास्थ्य खराब भएका कारण मुम्बईको एक अस्पतालमा उपचार गराइरहेका फिल्म अभिनेता दिलिप कुमारको स्वास्थ्य स्थिर छ र उनी अक्सिजन सपोर्टमा छन् ।

उनको ट्वीटर ह्यान्डलबाट सोमबार दिउँसो उनी भेन्टिलेटरमा नभई अक्सिजन सपोर्टमा भएको जानकारी दिइएको छ ।

दिलिप कुमारको स्थिति स्थिर छ र उनको केही परीक्षण गर्नुपर्ने छ ।

साथै उनको ट्वीटर ह्यान्डलबाट उनको स्वास्थ्यको विषयमा अफवाह रोक्न मद्दत गर्न मिडियालाई आग्रह गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका