Saturday, June 27, 2026
Homeसामाचारदाङमा साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

दाङमा साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

दाङ: घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। गए राति करिब २ बजे सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो नियन्त्रण गर्न जिल्लाका सबै ठाउँबाट दमकल र ट्याङ्कर परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी आगो निभाउने कार्यमा सक्रिय छन्।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। बस्ती जोगाउन विशेष सतर्कता अपनाइएको प्रजिअ लम्सालले जानकारी दिनुभयो। आगो नियन्त्रणका लागि बाँके र रुपन्देहीबाट समेत दमकल मगाइएको छ।

आगलागीको कारण अझै खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका