Sunday, November 8, 2026
Homeसामाचारदसैंको टीकाको दिन वर्षा र बदलीको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

दसैंको टीकाको दिन वर्षा र बदलीको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

काठमाडौं । दसैंको मुख्य दिन अर्थात् टीकाको अवसरमा देशभर बदलीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव कायम छ, जसको असर बिहीबार (टीकाको दिन) देखिने अनुमान गरिएको छ।

बिहीबार दिनभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै, रातिको समयमा कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

टीकाको दिन यात्रा गर्दा मौसमको अवस्थालाई विचार गर्न र आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका