Sunday, November 8, 2026
Homeसामाचारदरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु

दरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु

काठमाडौँ: काठमाडौँको दरबारमार्गस्थित हिटीपोखरी नजिकै रहेको निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको ज्यान गएको छ।

मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका करिब २२ वर्षीय विशाल चौधरी रहेका छन्।

पोतला डेभलपमेन्ट प्रालिद्वारा निर्माणाधीन ९ तले भवनको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने काम गर्दै गर्दा सिक्री चुँडिएर उनीहरू खसेका थिए।

सोमबार साँझ करिब ५ बजे भएको यस दुर्घटनाबारे जानकारी दिंदै जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिल बोहराले दुबै जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्।

दुवै शव हाल वीर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका