Saturday, May 2, 2026
Homeकला/साहित्यथापाको पुस्तक ‘मुठीभरको योगदान’ विमोचन

थापाको पुस्तक ‘मुठीभरको योगदान’ विमोचन

काठमाडौं : शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ। पुस्तक विमोचन पूर्व प्रधानन्यायाधीश दिलिप पौडेल, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना, प्राडा रमेशचन्द्र अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा प्रमुख अतिथि एवं पूर्व प्रधानन्यायाधीश पौडेलले लेखक थापाले सरकारी सेवामा गरेको योगदानको प्रशंसा गरे। उनले सोही विषय समावेश गरी लेखिएको पुस्तक प्रेरणादायी र यथार्थपरक रहेको बताए।

त्यस्तै संस्कृतिविद् सत्यमोहन जोशीले इन्जिनियर थापाले पुस्तकमा उल्लेख गरेका सबै काम प्रशंसा गर्न योग्य रहेको बताए। टुँडिखेलदेखि रत्नपार्कसम्मको बाटो बिस्तार गरी घेराबार लगाउने, २०४५ सालको भूकम्पपछिको पूनःनिर्माणमा इन्जिनीयर थापाले गरेको काम प्रशंसा गर्न योग्य रहेको बताए।

विमोचन कार्यक्रममा लेखक थापाले आफूले २ वर्ष लगाएर तयार गरेको पुस्तक बाल्यकाल, अध्ययन र कामको शिलशिलामा गरेका विषयलाई केन्द्रीत गरेर लेखेको बताए। पुस्तकमा कामको खोजी, राजा बिरेन्द्रको निवास र कार्यालय भवन निर्माण, भूकम्प पिडीत क्षेत्र निर्माण र पूर्नःस्थापना लगायतका विषय समावेश गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका