Sunday, June 28, 2026
Homeसामाचारथाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री

थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री ओलीले थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यको ढोका खुलेको बताए

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न थाइल्याण्डको औपचारिक भ्रमणले नेपालमा लगानी र बहुक्षेत्रीय सहकार्यका सम्भावनाहरूको ढोका खोलेको बताएका छन्।

शनिबार गोकर्णमा बाह्रखरी अनलाइनद्वारा आयोजित ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’मा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यवसायिक समुदायबीच अनुभव आदान–प्रदान र विभिन्न समझदारी सम्झौताहरू हुनु अत्यन्तै फलदायी भएको बताए।

बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएलगत्तै आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत हाराहारीको युवा जनसंख्या रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको प्रभावकारी प्रयोगबाट दक्ष जनशक्ति तयार गर्न र विकासको गति तीव्र पार्नुपर्नेमा जोड दिए।

“देशमा काम गर्न नदिने वा अवरोध सिर्जना गर्ने मानसिकता भयो भने विकास रोकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “तीव्र कामको लागि सबैमा देशभक्तिको भावना हुनु जरुरी छ। राम्रा कानुन बनाएर तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले जनताको सरकारसँग भेट हुनेबित्तिकै विरोध गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै सुशासन र सेवा प्रवाह सुधारतर्फ सरकार केन्द्रित रहेको बताए।

उनले आफूले अघि सारेको ‘डिजिटल नेपाल’ फ्रेमवर्क कार्यान्वयन भइरहेको स्मरण गराउँदै सूचना प्रविधिको माध्यमबाट रोजगारी सिर्जना र आर्थिक लाभ लिन सकिने वातावरण बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै संसदबाट पारित सूचना प्रविधिसम्बन्धी विधेयकले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने आधार तयार गरेको बताए। उनले सूचना प्रविधिको व्यापक प्रयोगमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका