Tuesday, May 20, 2025
Homeकोरोना बिशेषथप ८९८० जनामा कोरोना संक्रमण पुष्टि, ८८४८ निको

थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि, ८८४८ निको

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन्  भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका