काठमाडौँ — मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४ सय ३ पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । यस्तै ५ सय ५५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांक छ ।
२४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२५ पुगेको छ ।
२४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ । आइसोलेसनमा ४३ हजार २ सय १३ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।