काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारमा घरभित्र पुरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।
भोटेकोशी बाढी आएको १२औँ दिनमा फेला परेको शव करिब ४५ वर्षीय राजेश जोशीको रहेको नुवाकोटका प्रहरी प्रमुख (एसपी) विपिन रेग्मीले जानकारी दिएका छन्।
विदुरबाट पारिपट्टिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकायाको नेतृत्वमा प्रहरी टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। मृतकको दायाँ हातमा रहेको ट्याटुका आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीका अनुसार उनको नाडीमा पत्नी ‘दीपिका’को नाम लेखिएको भेटिएको थियो।
जोशी परिवारका एकै घरका पाँच जना सदस्य बाढीमा परेर सम्पर्कविहीन भएका थिए।
यसैबीच, त्रिशूली बजारमै घरभित्र मृत अवस्थामा भेटिएकी अर्की महिला सरिता जोशीको पनि पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिएका छन्।


