Tuesday, May 20, 2025
Homeसामाचारतीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार उत्पादन भएको तेलहन बालीमध्ये एक हजार ३१९ मेट्रिक टन तोरी र एक हजार ७१५ मेट्रिक टन सर्सियु रहेको छ। उहाँले जानकारी दिनुभयो कि आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरीखेती हुँदा दुई हजार ९७१ मेट्रिक टन उत्पादन भएको थियो, भने २०७९/८० मा दुई हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती हुँदा दुई हजार ९२० मेट्रिक टन उत्पादन भएको थियो।

यस वर्ष अघिल्लो वर्षको तुलनामा तोरीखेतीको क्षेत्रफल २६ हेक्टरले र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि बाली विज्ञ सञ्जय ढकालले जानकारी दिनुभयो। “विगत तीन वर्षको तथ्याङ्क हेर्दा खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढिरहेको देखिन्छ,” उहाँले भन्नुभयो, “जिल्लामा तोरीखेतीप्रति कृषकको आकर्षण विस्तारै बढ्दै गएको छ।”

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले अन्य बालीको तुलनामा तोरीखेतीबाट राम्रो फाइदा हुने र बजारको तेलभन्दा आफ्नै उत्पादन सुरक्षित हुने बुझाइले किसानहरू तोरीखेतीतर्फ आकर्षित भइरहेका बताउनुभयो। यहाँको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका क्षेत्रमा तोरीखेती विशेष रूपमा गरिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका