Tuesday, May 20, 2025
Homeराजनीतितीनकुने घटना भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

तीनकुने घटना भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

काठमाडौँ, वैशाख ६: गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई गएराति कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरेको हो।

पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ। प्रहरीले उनलाई निषेधित क्षेत्र तोड्दै हिंसा भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जनाएको छ।

उक्त दिन राजावादीहरूको प्रदर्शन उग्र बनेपछि भएको झडपमा दुई जनाको ज्यान गएको थियो भने केही संरचनामा आगजनी र तोडफोड भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका