काठमाडौँ । रामेछापको तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
मन्थली अस्पतालका अनुसार मृतकमध्ये ११ जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल, शिव श्रेष्ठ, रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन्। एक जनाको पहिचान खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।
मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।
दुर्घटनामा घाइते भएका ८ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



