Saturday, November 8, 2025
Homeसामाचारताप्लेजुङमा पहिरोले छ घर परिवार विस्थापित

ताप्लेजुङमा पहिरोले छ घर परिवार विस्थापित

ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ पेदाङको होक्मा बस्तीमा पहिरो खस्दा छ घर परिवार विस्थापित भएका छन्।

गए रातिको वर्षासँगै खसेको पहिरोका कारण बस्ती उच्च जोखिममा परेपछि परिवारहरू सुरक्षित स्थानमा सरेका हुन्। स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार हाङमाया थुङ्गिम (लिम्बू) को घर सबैभन्दा बढी जोखिममा परेको छ भने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीका घर पनि खतरा क्षेत्रमै छन्।

चिचिहाङ बस्तीको तलतिरबाट निरन्तर पहिरो खसिरहेको र प्रभावित परिवार अहिले छिमेकीको घर तथा सुरक्षित ठाउँमा बस्न बाध्य भएको स्थानीयले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका