Sunday, November 8, 2026
Homeसामाचारतमलोपाले असोज ३ मा ‘कालो दिन’ मनाउने

तमलोपाले असोज ३ मा ‘कालो दिन’ मनाउने

जनकपुरधाम, २ असोज – तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले प्रत्येक वर्षझैँ यस वर्ष पनि असोज ३ गते शुक्रबार ‘कालो दिन’ मनाउने भएको छ।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले संविधानको घोषणापछि सीमांकन, पहिचान, समावेशिता लगायतका मुद्दा सम्बोधन नभएको र त्यसको विरोधमा भएको आन्दोलनमा निहत्था आन्दोलनकारीमाथि गरिएको दमन तथा हत्या सम्झँदै ‘कालो दिन’ मनाउने निर्णय गरेको नेता बिभा ठाकुरले जानकारी दिइन्।

ठाकुरका अनुसार असोज ३ गते जनकपुरको जनकचौकमा शहीदहरूलाई श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका