Sunday, June 7, 2026
Homeअपराध र घटनातनहुँमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

२० मंसिर, तनहुँ । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए ।

घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ज्ञवाली तनहुँको दुलेगाँैडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका