Friday, February 7, 2025
Homeसामाचारतनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दमौली (तनहुँ): पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

दमौलीबाट डुम्रेतर्फ गइरहेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताउनुभयो। उहाँका अनुसार, “हुस्सुका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ।”

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका