Wednesday, May 20, 2026
Homeराजनीतिडा. मनोजकुमार शर्माले लिए प्रधानन्यायाधीशको शपथ

डा. मनोजकुमार शर्माले लिए प्रधानन्यायाधीशको शपथ

काठमाडौं । डा. मनोजकुमार शर्मा ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेका छन्।

मंगलबार शीतल निवास मा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेपालको संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। संसदीय सुनुवाइ समिति बाट उनको नाम सर्वसम्मत रूपमा अनुमोदन भएपछि नियुक्ति र शपथ प्रक्रिया अघि बढाइएको हो।

शपथ ग्रहण समारोहमा रामसहायप्रसाद यादव, बालेन्द्र शाह, डोलप्रसाद अर्याल तथा नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

शपथ ग्रहणपछि प्रधानन्यायाधीश डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हाल्ने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका