Sunday, November 8, 2026
Homeसामाचारझुम्का कारागारसहित पथरी र उर्लाबारीबाट कैदी–थुनुवा फरार

झुम्का कारागारसहित पथरी र उर्लाबारीबाट कैदी–थुनुवा फरार

२५ भदौ, विराटनगर । सुनसरीको झुम्का कारागारबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्। जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति बल प्रयोग गरेर कैदीबन्दी भगाएको हो।

झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १,०९८ जना कैदी रहेका थिए। जेलर सुवास लामिछानेका अनुसार अधिकांश कैदी भागे पनि सेनाको टोली पुगेपछि केहीलाई फिर्ता ल्याइएको छ।
उनका अनुसार, ‘अन्तिमसम्म रोक्ने प्रयास गरियो तर थप क्षति हुन नदिन सुरक्षा निकाय ब्याक भयो। सेना आएपछि भाग्दै गरेका केही कैदी कारागारमै राखिएका छन्। कुल संख्या यकिन गर्न बाँकी छ।’

यसैबीच, सोही समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई पनि भगाएको छ। उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए। साथै, समूहले पथरीको मुद्दा शाखामा रहेका कागजातमा समेत आगजनी गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका