काठमाडौं । निर्देशक **ज्ञानेन्द्र देउजा**को आगामी नेपाली फिल्म **झिँगेदाउ २**को टिजर आज (बुधबार) सार्वजनिक गरिने भएको छ।
निर्माण टिमका अनुसार टिजर दिउँसो २:१५ बजे ललितपुरस्थित लविम मल मा आयोजित विशेष कार्यक्रममा सार्वजनिक हुनेछ।
फिल्म असोज २ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा **विष्णु घिमिरे (कल्पित)**को छायांकन, मित्र गुरुङको सम्पादन, ईश्वर घिमिरेको निर्माण व्यवस्थापन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट र आर्यन सिग्देल मुख्य भूमिकामा छन्।
यस्तै हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेलको पनि अभिनय रहेको छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष (क्यामियो) भूमिकामा देखिनेछन्।
फिल्मको पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले तयार गरेका हुन्। कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यू नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको यो फिल्मप्रति दर्शकमाझ उत्सुकता बढ्दै गएको निर्माण पक्षले जनाएको छ।


