Wednesday, August 5, 2026
Homeराजनीतिआज छ संसदीय समितिको बैठक, राष्ट्र बैंक ऐनदेखि वैदेशिक रोजगार र बजार...

आज छ संसदीय समितिको बैठक, राष्ट्र बैंक ऐनदेखि वैदेशिक रोजगार र बजार अनुगमनसम्म छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गतका छ वटा संसदीय समितिको बैठक आज बस्दै छन्। बैठकहरूमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वैदेशिक रोजगार, न्याय प्रशासन, कृषि, विश्व सम्पदा तथा उपभोक्ता हितलगायत विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिइनेछ।

यसैगरी उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। उक्त बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९:३० बजे बस्नेछ। बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, देखिएका समस्या र सुधारका उपायबारे छलफल गरिनेछ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त विभिन्न उजुरीमाथि आन्तरिक छलफल हुने जनाइएको छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ९:३० बजे बस्नेछ। बैठकमा युनेस्को र **पुरातत्त्व विभाग**का प्रतिनिधिसँग नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने सम्भावित सम्पदाबारे छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षण र प्रवर्द्धनका विषयमा छलफल हुने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका