Saturday, May 9, 2026
Homeराजनीतिझापा २ मा पूर्व सभामुख देवराज घिमिरे पूर्व उपसभामुख इन्दिरा राना मगरसँग...

झापा २ मा पूर्व सभामुख देवराज घिमिरे पूर्व उपसभामुख इन्दिरा राना मगरसँग भारी मतान्तरले पराजित

झापा क्षेत्र नम्बर २ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे उपसभामुख इन्दिरा राना मगरसँग ४८ हजार ७४२ मतान्तरले पराजित भए।

रानाले ६० हजार ११० मत प्राप्त गरिन् भने घिमिरेले ११ हजार ३६८ मत पाए। यहाँ श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ७ हजार २९१ र नेपाली कांग्रेसकी सरिता प्रसाईंले ५,६१६ मत पाएका छन्।

यसअघि राना रास्वपाबाट समानुपातिक सांसद थिइन् भने एमालेका घिमिरे झापा २ बाटै निर्वाचित भएर संसद पुगेका थिए।

सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगका हुनुपर्ने प्रावधानअनुसार, उपसभामुख पदका लागि उनलाई एमाले र माओवादीले समर्थन गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका