ललितपुर — जे.बी. पार्लर एण्ड ट्रेनिङ सेन्टरको छैटौँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न, सौन्दर्यकला सम्बन्धी पुस्तक विमोचन
ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्यान्ड एण्ड ब्यांक्वेटमा आयोजित जे.बी. पार्लर एण्ड ट्रेनिङ सेन्टर को छैटौँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। सो अवसरमा पार्लरकी प्रोप्राइटर जानुका भट्टराईद्वारा लिखित सौन्दर्यकला तथा पेशासम्बन्धी पुस्तक “ब्युटी पार्लर सहयोगी पुस्तिका: ब्युटी टिप्स, ट्रेनिङ स्किल तथा थ्योरी” (Beauty Parlor Handbook: Beauty Tips, Training Skills and Theory) को विमोचन समेत गरियो।
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय रघुनाथ महर्जन रहनुभएको थियो। कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १४ की वडा सदस्य तथा बाल अधिकार संयोजक संगीता अछामी, YWCA Nepal की अध्यक्ष द्रौपदी रोकाया, आशा नेपालकी कार्यकारी निर्देशक बिमला थापा, International Needs Network Nepal की संगीता राई, One Love One World की कार्यकारी निर्देशक रितु श्रेष्ठ र सुन्दरढोका साथी सेवा की कार्यकारी निर्देशक विजाता लुइटेल अधिकारी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुका साथै महिला उद्यमशीलता र व्यावसायिक तालिमको सशक्त उदाहरणको रूपमा जे.बी. पार्लरको प्रशंसा गरे।
कार्यक्रममा स्वागत नृत्य ग्राजुएट सलिना बोगटीले प्रस्तुत गरेकी थिइन् भने अन्य ग्राजुएटहरूले आफूले प्राप्त गरेका ज्ञान, सीप र सेवामूलक अनुभवहरू दर्शकहरूसँग बाँडे।
पुस्तक सम्पादक विदुर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा BTCN की मञ्जु खत्री, क्रिस्टिना सुवेदी, एटोमी नेपालकी कन्ट्याक्ट पर्सन जमुना थापा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले समेत मन्तव्य व्यक्त गरे।
दीक्षान्त समारोहमा एकै रंगको सारी र ग्राजुएसन ह्याटमा सजिएका करिब तीन दर्जन दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो। प्रशिक्षार्थीहरूको सिप र आत्मविश्वास देखेर सहभागी अतिथिहरूले खुसी व्यक्त गरेका थिए।
पार्लरले विगत सात वर्षदेखि सयभन्दा बढी महिलालाई सीपमूलक तालिम प्रदान गरिसकेको छ।
समापनमा प्रोप्राइटर जानुका भट्टराईले संस्थाको हालसम्मको यात्रा, चुनौती र सफलता साझा गर्दै भविष्यमा पनि महिला सशक्तीकरण र सीपमूलक शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।