Sunday, November 8, 2026
Homeसामाचारजेनजी प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिकामा ६३ लाखको क्षति

जेनजी प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिकामा ६३ लाखको क्षति

काठमाडौँ – गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिकाले रु ६३ लाख बराबरको क्षति भएको जनाएको छ।

कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा–३२ को वडा कार्यालय भवन सबैभन्दा बढी क्षतिग्रस्त भएको छ भने वडा नं १३ मा आंशिक क्षति पुगेको छ। कामपा–३२ मा व्यापक क्षति पुगेकाले हालसम्म पनि त्यहाँबाट नागरिकलाई सेवा दिन नसकिएको उनले बताए।

त्यसैगरी, कामपा–६ र वडा नं ७ का कार्यालयहरूमा आंशिक क्षति पुगेको छ। बग्गी खानास्थित नगरप्रहरी बिट पूर्ण रूपमा नष्ट भएको र मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रको कार्यालय समेत पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी काफ्लेले दिए।

प्रदर्शनका क्रममा क्षति भएका कार्यालयहरूको सरसफाइ, मर्मत र रङरोगनको काम भइरहेको र आवश्यकताअनुसार टुटफुट भएका विद्युतीय सामग्रीहरू खरिद भइरहेको उनले बताए। तर कामपा–३२ वडा कार्यालय कहिले सेवा सञ्चालनमा आउँछ भन्ने विषय अझै अनिश्चित रहेको प्रवक्ता काफ्लेले स्पष्ट पारे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका