काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ ।
दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश फैलाउने उद्देश्यले जेनजी पुस्ताले यो सामूहिक भाइटीका आयोजना गरेको हो ।
कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको तस्बिरमा माला र टीका अर्पण गरी उनीहरूप्रति श्रद्धा र सम्मान प्रकट गरेका थिए ।













