Sunday, November 8, 2026
Homeदेश र प्रदेशजुम्लामा भेडागोठमा आगलागी हुँदा २५ पाठा जले

जुम्लामा भेडागोठमा आगलागी हुँदा २५ पाठा जले

१९ असोज, खलंगा । जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडागोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् । सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा जलेर मरेको स्थानीयवासी वीरबहादुर शाहीले जानकारी दिए ।

आगलागीबाट लत्ताकपडा र भाँडकुँडा पनि जलेर नष्ट भएको उनले बताए ।

चार हजार मिटर उचाइमा रहेको उक्त गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गरेका छन् ।अन्लाईनखबर बाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका