Monday, September 21, 2026
Homeसामाचारजीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौंः गृहमन्त्री

जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौंः गृहमन्त्री

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउने बताएका छन्। उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन्।

सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसदमा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन्। उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको समेत प्रस्ट पारे।
राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए। लामिछानेले सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताए।

‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ। कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दूधको दूध, पानीको पानी निस्किन्छ, उनले भने।

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका