Friday, January 17, 2025
Homeसामाचारजलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्छः अध्यक्ष थापा

जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्छः अध्यक्ष थापा

काठमाडौँ:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार सो पार्टीद्वारा यहाँ आयोजित ‘नेपालमा जलस्रोतको चुनौती र समाधान’ विषयक अन्तरक्रियामा उहाँले कसैको स्वार्थमा नेपालको जलसम्पदा प्रयोग हुन नदिन पर्याप्त राष्ट्रिय बहस र साझा धारणा आवश्यक रहेको बताउनुभयो ।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले सम्पदाको समुचित सदुपयोग गर्न नीति बन्न नसक्दा सिँचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनीतिक दलहरूबीच पनि यति महत्वपूर्ण विषयमा गम्भी।र बहस हुन नसकेको धारणा राख्नुभयो ।

जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले जलस्रोत उपयोगका चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गर्दै राजनीतिकीकरणको चपेटामा पर्दा नेपालको जलस्रोत क्षेत्र तहसनहस भएको बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका