Saturday, January 18, 2025
Homeअन्तराष्ट्रियजम्मू-कश्मीरमा बस दुर्घटना: सातको मृत्यु, तीन गम्भीर घाइते

जम्मू-कश्मीरमा बस दुर्घटना: सातको मृत्यु, तीन गम्भीर घाइते

कश्मीर: जम्मू-कश्मीरको दोडा जिल्लामा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । साथै तीन यात्रु गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार दोडा सहरदेखि ४५ किलोमिटर टाढा पियाकुल गाउँ नजिकै पहाडी सडकमा गुडिरहेको बस सोमबार थाथ्री-गान्दोहस्थित सडकबाट नदीमा खसेको थियो ।

भदेरवाका प्रहरी एसपी राज सिंह गौरियाले बताए अनुसार उक्त मिनीबस दोडाबाट चिल्ली गाउँतर्फ जाँदै थियो । उक्त दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि नजिकका अस्पताल लगिएको छ । सोमबार अवेरसम्म उद्धार कार्य जारी थियो । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

अन्नपूर्णबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका