Saturday, November 7, 2026
Homeसामाचारजनक शिक्षा सामग्री केन्द्रद्वारा १ करोड ४२ लाखभन्दा बढी मतपत्र छपाइ

जनक शिक्षा सामग्री केन्द्रद्वारा १ करोड ४२ लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल १ करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ गरिसकेको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको हो । केन्द्रले कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने जनाएको छ ।

त्यसैगरी, हालसम्म कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार २२६ बाकस मतपत्र प्याकिङ गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार १ करोड ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका