Saturday, November 7, 2026
Homeसामाचारजनकपुरधामका व्यापारीहरूको आन्दोलन सहमतिपछि स्थगित

जनकपुरधामका व्यापारीहरूको आन्दोलन सहमतिपछि स्थगित

जनकपुर । जनकपुरधामका व्यवसायीहरूले सञ्चालन गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । सोमबार धनुषा प्रशासन कार्यालयमा भएको छलफलपछि सहमति भएपछि व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम रोक्ने निर्णय गरेका हुन् ।

सहमति अनुसार असोज ३१ गते जनकपुरधामको सोनारपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।

धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा सोनारपट्टी बजारस्थित एक पसलमा छापा मारेको थियो । सो क्रममा करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए । व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका थिए ।

विवाद चर्किँदा प्रहरीले बल प्रयोग गरेको थियो, जस क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए । उक्त घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन थालेका थिए । हिजो मात्रै उनीहरूले विरोध प्रदर्शन गर्दै प्रहरी प्रशासनविरुद्ध नारा लगाउँदै र्याली पनि निकालेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका