Saturday, May 16, 2026
Homeराजनीतिछानबिनबाट सत्य बाहिर आउँछ, गल्ती भए सरकारले मलाई पनि छाड्दैन : सुधन...

छानबिनबाट सत्य बाहिर आउँछ, गल्ती भए सरकारले मलाई पनि छाड्दैन : सुधन गुरुङ

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङ ले आफूविरुद्ध छानबिन समिति गठन भएको विषयमा प्रतिक्रिया दिँदै सत्य तथ्य बाहिर आउनेमा आफू ढुक्क रहेको बताएका छन्।

यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कानुनी कारबाही गर्ने उनले बताएका छन्। तर आफूले कुनै पनि गलत काम नगरेको दाबी उनले गरे।

गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रममन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन। पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन।”

उनले छानबिन समिति गठन हुनुअघि नै पार्टीका शीर्ष नेताहरूले आफूलाई कुनै गलत काममा संलग्नता भए/नभएकोबारे स्पष्ट प्रश्न गरेको पनि बताए। गुरुङका अनुसार नेताहरूले “गलत भएको भए कारबाही हुन्छ” भनेर पहिले नै सचेत गराइसकेका थिए।

उनले भने, “म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”

यसैबीच, एलिजा गुरुङ ले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल “चिनो” को उद्घाटन गरेकी छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका