Saturday, June 27, 2026
Homeसामाचारच्याउ खाँदा बिरामी भएका ३० वर्षीय मगरको मृत्यु,नौ जनाको अवस्था खतरामुक्त

च्याउ खाँदा बिरामी भएका ३० वर्षीय मगरको मृत्यु,नौ जनाको अवस्था खतरामुक्त

दमौली (तनहुँ): च्याउ खाँदा बिरामी परेका एक व्यक्तिको मृत्यु भएको छ। व्यास नगरपालिका–६ शान्तिटोलका ३० वर्षीय नारायण मगरको म्याग्दे गाउँपालिका–६ सर्वलाङबाट उपचारको क्रममा पोखरामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत शुक्रबार राति च्याउ खाएर बिरामी परेका १० जनामध्ये नारायणको सोमबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनका अनुसार अन्य नौ जनाको स्वास्थ्य स्थिति अहिले खतरामुक्त रहेको छ। उक्त घटनामा बिरामी परेका सबै व्यक्तिहरूले बारीमा उम्रिएको च्याउ खाएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका