Monday, January 20, 2025
Homeविचित्र संसारचोरलाई मनपरेन सामसङ फोनः खोसेको एकछिन पछि फिर्ता गर्दै भने, ‘वान प्लस...

चोरलाई मनपरेन सामसङ फोनः खोसेको एकछिन पछि फिर्ता गर्दै भने, ‘वान प्लस भन्ठानेको थिएँ’

सार्वजनिक स्थलमा फोन चोरी भएको वा खोसेर भागेको कुरा धेरैजसो सुन्न पाइन्छ । कति त यस्तो स्थितिमा पर्नुभएको पनि होला ।

हालै एक ट्वीटर प्रयोगकर्ताले यस्तो घटनाबारे बताएका छन् जुन सुनेर मानिसहरु अचम्मित भए । वास्तवमा फोन खोसेको केही बेरपछि चोरले फोन फिर्ता दिए किनभने फोनको मोडल वान प्लस नाइन प्रो थिएन ।

यो अचम्मको स्थितिको शिकार भएको ट्वीटर प्रयोगकर्ता देबायान रोयले यो विषयमा पोस्ट पनि सेयर गरेका छन् । पोस्टमा उनले दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला कालो मास्क लगाएका एक व्यक्ति उनको फोन खोसेर भागे ।

यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए । केही बेरपछि जब उनलाई सेन्स आयो तब उनी चोरको पछाडि भागे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन् ।

जब उनी चोरको पछाडि दौडिरहेका थिए तब चोर भाग्नुको साटो पछाडि फर्किएर उनी भएठाउँ नै दौडिएर आए । देबायनको अगाडि आएर उनले भने, ‘मलाई लाग्यो वान प्लस ९ प्रो मोडल हो ।’ यति भनेर उनले फोन भुइँमा राखे र त्यसपछि पुनः भागे ।

देबायनले आफ्नो फोन सामसङ ग्यालेक्सी एसटेन प्लस भएको बताए । यसमाथि थुप्रै ट्वीटर प्रयोगकर्ताले कमेन्ट गर्न थाले । कोही यो घटनाले चकित भए भने कतिले सामसङको खिल्ली उडाउन थाले । कतिले चोरलाई पनि राम्रो फोन के हो भनेर थाहा भएको भनेर रमाइलो गर्न थाले

रातोपाटीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका