काठमाडौं । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार गरेको छ।
अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरिएको उक्त डिजाइनलाई आगामी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।
मन्त्रिपरिषद्बाट औपचारिक स्वीकृति प्राप्त भएपछि नयाँ सिक्का छपाइ प्रक्रिया अघि बढाइने र त्यसपछि क्रमशः प्रचलनमा ल्याइने मन्त्रालयले जनाएको छ।
सरकारले नयाँ सिक्कामार्फत नेपालको राष्ट्रिय पहिचान झल्काउने प्रतीकलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।


