काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रिय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षको ७ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडाको आधारमा यो वृद्धिदरको प्रारम्भिक अनुमान विभागले सार्वजनिक गरेको हो । सोही बृद्धिदर गत आर्थिक वर्षमा २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान छ ।
कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ । तर प्राथमिक र द्वितीय क्षेत्रको योगदान भने घटेको छ । कुल ग्राहस्थ उत्पादनमा कृषि, वन, मत्स्य र खानी उत्खननको योगदान २६.४ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षमा धान उत्पादनको बृद्धिले यस क्षेत्रको बृद्धिमा योगदान दिएको विभागको भनाइ छ । चालू आर्थिक वर्षमा उद्योग तथा निर्माण क्षेत्रले १२.५ प्रतिशत योगदान दिएको अनुमान छ । सेवा क्षेत्रको योगदान भने ६१.१ प्रतिशत रहेको अनुमान छ ।
रातोपाटी बाट साभार