Friday, May 1, 2026
Homeविचित्र संसारचर्को स्वर भएको भन्दै प्राध्यापकलाई जागिरबाट निकाला, अदालतले सुनायो यस्तो आदेश

चर्को स्वर भएको भन्दै प्राध्यापकलाई जागिरबाट निकाला, अदालतले सुनायो यस्तो आदेश

एक प्राध्यापकलाई ठूलो स्वर भएका कारण जागिरबाट निकालिएको छ । बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि चर्को आवाजमा कुराकानी गर्ने गरेको भन्दै उनलाई निकाला गरिएको हो ।

आफूलाई जागिरबाट निकाला गरिदिएको मुद्दा लिएर प्राध्यापक अदालत गइन् र अब अदालतले उनको पक्षमा निर्णय सुनाएको छ ।

अदालतले उनलाई क्षतीपूर्ति स्वरुप १ लाख पाउन्ड रकम दिन पनि आदेश दिएको छ ।

स्मरण रहोस्, वरिष्ठ एकेडेमिक डा. एनेट प्लाटले एक्सेन्टर विश्वविद्यालयमा २९ वर्षभन्दा बढी काम गरेकी थिइन् । उनको दाबी अनुसार डा. प्लाटलाई उनको चर्को आवाजका कारण विश्वविद्यालयको भौतिकी विभागमा उनको पदबाट बर्खास्त गरिएको थियो । आफ्नो उजुरीमा उनले संस्थालाई पक्षपात भएको आरोप लगाउँदै यो तनावबाट निस्कनकाम लागि चिकित्सकको सहयोग पनि लिनु परेको बताइन् ।

एनेट प्लाटले आफ्नो बचाउमा अदालतमा भनिन्, ‘म पूर्वी यूरोपेली यहूदी परिवारसँग सम्बन्ध राख्छु  मलाई आफ्नो कुरा र विचारलाई राम्रो तरिकाले व्यक्त गर्न सिकाइएको छ। म जानीजानी कसैलाई समस्यामा पार्नका लागि चर्को आवाजमा कुरा गर्दिनँ वा पढाउँदिनँ । मेरो आवाज नै यस्तै छ।’

द गार्जियनको एक रिपोर्टका अनुसार उनले युनिभर्सिटी अफ एक्सेटरको भौतिक विभागमा ३० वर्षदेखि पढाउँदै आएकी छिन् । उनलाई भौतिक विभागमा संलग्न हुने पहिलो महिला विद्वान पनि मानिन्छ ।

द मिररको एक रिपोर्ट अनुसार भौतिक विज्ञानकी यी प्राध्यापकलाई पहिले निलम्बन गरियो र पुनः २०१९ को डिसेम्बरमा विद्यावारिधीका विद्यार्थीमाथि चर्को आवाजले कुराकानी गरेको भन्दै बर्खास्तसमेत गरियो ।

रोजगार न्यायाधिकरणले उनलाई गलत तरिकाबाट बर्खास्त गरिएको पैmसला सुनाउँदै उनलाई १ लाख पाउण्ड तिर्ने आदेस सुनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका