Sunday, November 8, 2026
Homeसामाचारचक्रे मिलनसहित १९ जनाविरुद्ध अनुसन्धानका लागि पाँच दिन म्याद थप

चक्रे मिलनसहित १९ जनाविरुद्ध अनुसन्धानका लागि पाँच दिन म्याद थप

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनामाथि दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन थप म्याद दिइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

चक्रे मिलनसहित उनीहरूलाई १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमार्फत पक्राउ गरिएको थियो।

सोही अपरेशनमा पक्राउ परेका ४७ जनामध्ये २८ जनालाई रिहा गरिएको छ भने बाँकी १९ जना प्रहरी परिसर काठमाडौंको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

हिरासतमा रहेका मध्ये चक्रे मिलनसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका