Wednesday, March 19, 2025
Homeमनोरन्जनग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा

ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा

काठमाडौँ: ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को आठौँ संस्करण आगामी अगस्टमा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ। काठमाडौँमा मंगलबार आयोजित विशेष समारोहमा अवार्ड समारोहको समय तय गरिएको हो।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा आठौँ संस्करणको मिति टुंगो लगाइएको हो। ‘नेपाली फिल्म: भिलेज टु ग्लोब’ नारासहित आयोजना हुन लागेको यो कार्यक्रम नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार, र प्रोत्साहन गर्ने उद्देश्यले गरिएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले जानकारी दिए।

“संसारभर रहेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै मञ्चमा ल्याई नेपाली मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्न हामी यो अवार्ड आयोजना गर्दै आएका छौँ,” मल्लले भने।

नेपाल फिल्म सोसाइटी, नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका, र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठका अनुसार नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिँदै आएको छ।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकारहरू हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, तीर्थ थापा, दीपेन्द्र गौचन, मदनदास श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, प्रशान्त ताम्राकार, डा. भीमार्जुन आचार्य, र अशोक शर्मा लगायतको उपस्थिति थियो।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान: गाउँदेखि विश्वबजारसम्म’ नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ २०१६ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका