Monday, May 4, 2026
Homeमनोरन्जनग्यालेक्सी एक्सिलेन्स अवार्ड ३३ जनालाई

ग्यालेक्सी एक्सिलेन्स अवार्ड ३३ जनालाई

काठमाडौं : ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२१ बाट ३३ जना सम्मानित भएका छन्। निकिला मिडिया नेटवर्क र भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।  पब्लिक सूचनाको सहकार्यमा तथा गीता एभिएसनको मुख्य प्रायोजनमा अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष सोनितराज ढुंगेलले बताए। उत्कृष्ट गायकको अवार्ड प्रकाश सपुतलाई प्रदान गरियो। ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, चलचित्र विकास बोर्डका निर्देशक दयाराम दाहाल, नेटवर्कका अध्यक्ष ढुंगेलले संयुक्त रूपमा अवार्ड प्रदान गरे।

वेस्ट प्रिन्सिपल अवार्डबाट दिवश शाक्य, द बेस्ट कोभिड हिरो अवार्डबाट मनोज आचार्य, द योङ एजुकेसन हिरो अवार्डबाट सुनिल राना सम्मानित भए। यस्तै द इनोभेटिभ एक्सिलेन्स अवार्ड स्टिभ फाउन्डेसनले प्राप्त गरेको छ।

बेस्ट इमर्जिङ कन्सलटेन्सी अवार्डबाट भीभीड कन्सलटेन्ट, सोसल लिडर अर्वाडबाट शत्रुघन अन्सारी र शाश्वत कार्की युथ ब्यांकर एन्ड सोसल इम्प्याक्ट अवार्डले सम्मानित भए। आउट स्ट्यान्डिङ योङ इन्टरप्रिनर अभिविन्द खनिया र बेष्ट प्राइमरी स्कुल अफ भक्तपुर युरो स्कुलले एजुकेसनल लिडरसिप एन्ड म्यानेजमेन्ट अवार्ड पाए । यस्तै कृष्ण गौतमलाई बेष्ट एकेडेमी डाइरेक्टर, रमाकुमारी प्याकुरेललाई बेष्ट अटिजम स्कुल, सेन्टर फर अटिजम नेपाललाई डाइनामिक स्कूल्स प्रिन्सिपल अवार्ड प्रदान गरिएको छ।

रामकृष्ण बललाई मोस्ट इन्स्पाइरिङ आइकन, डीआर उपाध्ययलाई इमर्जिङ लिडर इन हेल्थ केयर, बेष्ट एकेडेमी एक्सिलेन्स कृष्ण घिमिरेले र सेन्ट लरेन्स कलेजलाई योङ याचिभर अवार्ड प्रदान गरियो। प्रसन्न अर्यालले बेष्ट लिरिसिष्ट अवार्ड, होमराज श्रेष्ठले वेष्ट इमर्जिङ एजुकेसन इन्टरप्रिनर अवार्ड, गोपाल भण्डारीले बेष्ट इमर्जिङ कलेज अफ द इयर अवार्ड प्राप्त गरेको आयोजनाले जनाएको छ। यस्तै सम्मानित हुनेमा ओरियन्ट कलेज प्लस टु ‘ए’ लेभललाई बेष्ट मन्टेश्वरी अफ द इयर, बेष्ट मन्टेश्वरी आउट स्ट्यान्डिङ एकेडेमिक चियरम्यान, द्रेवेन्द्र भण्डारी बेष्ट इभेन्ट डाइरेक्टर अवार्ड छन्। लबबहादुर कार्की, श्यामकाजी महत, राजेन्द्र लुइँटेल (राज)ले पनि विभिन्न विद्याका अवार्ड पाएका छन्। श्रीदेव अर्याल, सतिस कार्की, सञ्जित भण्डारी, प्रकाश सुवेदी, रामकृष्ण श्रेष्ठ, शेर खान, यमु शर्मा सुब्बाले अर्वाड पाएपछि खुसी व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका